पौने ४१ करोड राजस्व छलि गर्ने २ फर्म विरुद्ध मुद्दा दायरा - पश्चिमेली न्यूज

पौने ४१ करोड राजस्व छलि गर्ने २ फर्म विरुद्ध मुद्दा दायरा

राजस्व अनुसन्धान विभागले २ फर्म विरुद्ध ४० करोड ६१ लाख बिगो दाबी सहित उच्च अदालत पाटनमा मुद्दा दायरा गरेको छ । झुट्ठा र नक्कली मूल्य अभिवृद्धी कर विजक जारी गरी राजस्व चुहावट गर्ने २ फर्म विरुद्ध बिगो दाबी सहित मुद्दा दर्ता गरेको छ । काठमााडौं महानगरपालिका २५ मा रहेको न्यू सागर प्लास्टिक कन्सर्नका प्रोप्राइटर सञ्जु किजु र सागर किजुलाई ६ करोड ८२ लाख र सुप्रिम प्लास्टिक कन्सर्नका प्रोप्राइटर सागर किजुले ५ करोड ७७ लाखसमेत गरी जम्मा ३२ लाख ६० हजार रुपैयाँ राजस्व छली गरेको आरोपमा विभागले जानकारी दिएको छ ।

काठमााडौं महानगरपालिका स्थित बिकोई/स्काई/बंगलामुखी जेभीका सञ्चालक साझेदार रोशनकुमार श्रेष्ठ समेतले ८ करोड १ लाख राजस्व छलि रहेको पाइएपछि मुद्दा दर्ता गरिएको हो ।

भारत कर्नाटक राज्य बस्ने ४२ वर्षीय अब्दुल मजिद अनेकल र रोशन भनिने लक्मान्युल हकिमले ६ किलो २ सय ८९ ग्राम ३५० मिलिग्राम सुन चोरी पैठारी गरी राजस्व चुहावट गरेको आरोपमा ४ करोड २२ लाख रुपैयाँ बिगो कायम गरी गत जेठ ११ गते उच्च अदालत हेटौँडामा मुद्दा दर्ता गरेको विभाग द्वारा जारी विज्ञप्ती जनाएको छ ।

यता, भारतको सिलिगुड बजार दार्जिलिङ बस्ने डब्लुबी ७३ ई ७६३५ नम्बरको भारतीय ट्रक चालक रविकुमार शर्मा तथा मजफरफुर विहार बस्ने पप्पुकुमारले विदेशी विनिमय अपचलन गरेको अभियोगमा जेठ २२ गते मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

स्रोत :- https://aarthiknews.com/news/20097

एक टिप्पणी पोस्ट गर्नुहोस् ।

Previous Post Next Post

Paschimeli News

Buy paschimelinews.com Only @ NPR 5,000.

Send Me an Email.