सामसङले घटायो ४ स्मार्टफोनको मूल्य, यस्तो छ नयाँ मूल्य - पश्चिमेली न्यूज

सामसङले घटायो ४ स्मार्टफोनको मूल्य, यस्तो छ नयाँ मूल्य


सामसङले आफ्ना ४ स्मार्टफोन मोडलको मूल्य घटाएको छ । कम्पनीले नेपाली बजारमा ग्यालेक्सी १० लाइट, ए७१, ए५१ र ट्याब १०.१ को मूल्य कम गर्ने भएको हो । यसअघि ६७ हजार ५ सय ९९ रहेको सामसङ ग्यालेक्सी नोट १० लाइट अब ५८ हजार ९ सय ९९ मा उपलब्ध हुने भएको छ । कम्पनीले यो फोनमा ८ हजार ६ सय रुपैयाँ छुट उपलब्ध गराएको हो ।

ग्यालेक्सी नोट १० लाइट मा ट्रिपल क्यामेरा, ६.७ इन्चको एसएमोलेड डिस्प्ले, एयर एक्सन रहेको एस–पेन, सुपर फास्ट चार्जिङ भएको ४ हजार ५ सय एमएएच ब्याट्री र १ टीबीसम्म एक्स्पान्डेबल सुविधा सहित १२८ जीबीको स्टोरेज छ ।

त्यसैगरी, खरिदकर्ताहरुलाई आकर्षित गर्न कम्पनीले ग्यालेक्सी ए७१ र ए५१ को पनि मूल्य घटाएको छ । अब ए७१ को मूल्य ४९ हजार ९ सय ९९ कायम भएको छ । यसमा ६.७ इन्चको इन्फिनिटी–ओ–एसएमोलेडप्लस डिस्प्ले छ । जसले आकर्षक भिडियो क्वालिटी दिन्छ र साथै उत्कृष्ट ६४ मेगापिक्सेल क्यामेराले तस्बिरलाई जीवन्त बनाउँछ ।

फोनमा ६ हजार ३ सय रुपैयाँ छुट दिइएको हो । कम्पनीका अनुसार ग्यालेक्सी ए५१ को नयाँ मूल्य ३९ हजार ९ सय ९९ कायम गरिएको छ । ग्यालेक्सी ए५१ मा ५.६ इन्चको इन्फिनिटी–ओ–एसएमोलेड डिस्प्ले छ । जसले आकर्षक भिडियो क्वालिटी दिन्छ भने ४८ इन्चको क्वाड क्यामेराले उत्कृष्ट फोटो र भिडियो खिच्छ ।

सामसङले ग्यालेक्सी ट्याब ए१०.१ मा २ हजार रुपैयाँ क्यासब्याक अफर ल्याएको छ जसकारण यसको मूल्य अब ३२ हजार २ सय ९९ रुपैयाँ कायम भएको छ । यसमा रहेको १०.१ एफएचडी डिस्प्ले र किड्स मोडका कारण यो बालबालिकाहरुको लागि उपयुक्त छ । 

स्रोत :- https://aarthiknews.com/news/20095

एक टिप्पणी पोस्ट गर्नुहोस् ।

Previous Post Next Post

Paschimeli News

Buy paschimelinews.com Only @ NPR 5,000.

Send Me an Email.