नेपालको लोपोन्मुख बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को-हजबेन्ड) रसियाको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनौट भएको छ । आगामी अगष्ट २७ देखि २९ सम्म रसियामा हुन लागेको अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा नेपालबाट यो फिल्म छनौट भएको हो ।
गणेश पाण्डेको निर्देशन रहेको फिल्म नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट वृत्तचित्र अवार्डसहित १ हजार अमेरिकी डलर जितेको थियो । बहुपति प्रथामा आधारित ३५ मिनेटको फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन् । एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषय फिल्ममा उतारिएको छ ।
साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको फिल्ममा ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाको छायाँकन रहेको छ ।
‘सहायक श्रीमान्’ रसियाको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनौट
Tags:
खेलकुद तथा मनोरञ्जन
पश्चिमेली न्यूज
पश्चिमेली न्यूज डट कम स्वदेश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली भाषी दाजुभाई तथा दिदिबहिनीहरूलाई खबर प्रदान गराउने एउटा अनलाईन समाचार मुलक ब्लग मात्र हो । यस पश्चिमेली न्यूजले कुनैपनी समाचारहरू प्रकाशित गर्दैन । यस्ले केबल अन्य अनलाईन पत्रीकाहरू बाट सभार गरेर समाचारहरू पोस्ट गर्ने गर्दछ र याहाँ पोस्ट गरीदाखेरी साभार गरीएको अनलाईन पत्रीकाको स्रोत खुलाएर मात्र हुबहु पोस्ट गर्ने गर्दछ, त्यसैले पश्चिमेली न्यूज डट कम कुनै पनि समाचार प्रती जवाजदेही हुने छैन भने यस्ले सभार गरिएको समाग्रीहरुको सोत्र खुलाएर मात्र प्रकाशित गरिने हुँदाखेरी कुनै पनि किसिमको प्रतिलिपी अधिकार मान्ने छैन ।
Post a Comment