मादी गाउँपालिका : खुकुरी प्रहार गरी काकाको हत्या गरेका नवराज कसेरीबाट पक्राउ - पश्चिमेली न्यूज

मादी गाउँपालिका : खुकुरी प्रहार गरी काकाको हत्या गरेका नवराज कसेरीबाट पक्राउ

मादी गाउँपालिका ४ स्थित घामनुङमा शनिबार साँझ आफनै ८० वर्षिय काका पिताम्बर सापकोटालाई खुकुरी प्रहार गरी हत्या गरेका ५५ वर्षिय नवराज सापकोटा पक्राउ परेका छन् । हत्या गरी फरार रहेका सापकोटालाई आज (आईतबार) पोखरा १३ कसेरीबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले ताण्डव न्यूजलाई बताए ।

डिएसपी हमालका अनुसार बाँदर धपाउने क्रममा सामान्य झगडा भएको निहुँमा सापकोटाले आफ्नै काका र पिताम्बर र केशवराज सापकोटालाई खाना खाने समयमा खुकुरी प्रहार गरेका थिए ।

गम्भीर घाईते भएका पिताम्बरको मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा ज्यान गएको डिएसपी हमालले जानकारी दिए । उनले केशवराज सापकोटाको थप उपचार भएरहेको बताए । मास्टर्स डिग्री समेत गरेका अभियुक्त नवराजलाई कर्तव्य ज्यान मुद्धामा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

यो https://www.tandavnews.com/2020/07/43899 बाट साभार गरिएको हो ।
स्रोत:- https://www.tandavnews.com/2020/07/43899

एक टिप्पणी पोस्ट गर्नुहोस् ।

Previous Post Next Post

Paschimeli News

Buy paschimelinews.com Only @ NPR 5,000.

Send Me an Email.