
गत बिहीबारदेखि सक्रिय रहेको मनसुन अझै केही दिनसम्म कायम रहने छ । मनसुन न्यूनचापीय प्रणाली तराई भूभाग नजीकै रहेकाले थप सक्रिय भएको मौसमविद्ले बताएका छन् ।
हाल देशभर सामान्य बदली रही प्रदेश १, २ तथा वाग्मती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । यसका साथै प्रदेश १ र २ का एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ ।
प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो https://www.tandavnews.com/2020/07/43905 बाट साभार गरिएको हो ।
स्रोत:- https://www.tandavnews.com/2020/07/43905
Post a Comment