सीपीएलः सन्दीप लामिछाने एक करोडमा जमैकाबाट खेल्ने - पश्चिमेली न्यूज

सीपीएलः सन्दीप लामिछाने एक करोडमा जमैकाबाट खेल्ने

चर्चित नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने यस सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा नेपाली एक करोड रुपैयाँमा अनबुन्ध भएका छन् । उनी यस सिजनमा जमैका तलावाजबाट खेल्ने भएका निश्चित भएको छ ।

सन्दीपलाई जमैकाले ड्राफ्टको दोस्रो राउन्डमा आफ्नो टिममा राखेका हो। सन्दीपले ड्राफ्टका लागि ९० हजार अमेरिकी डलर (१ करोड ७ लाख रुपैयाँ बढी) मूल्य राखेका थिए। गत असार १० गते गरिएको ड्राफ्ट आज (सोमबार) साँझ सार्वजनिक गरिएको हो। सन्दीपले लगातार तेस्रो सिजन सिपिएल खेल्ने भएका हुन्।

२०१८ को सिजन सेन्ट किट्सबाट खेलेका सन्दीपले गत सिजन बार्बाडोसबाट खेलेका थिए।

यो https://narayanionline.com/2020/07/06/73949/ बाट साभार गरिएको हो ।
स्रोत:- https://narayanionline.com/2020/07/06/73949/

एक टिप्पणी पोस्ट गर्नुहोस् ।

Previous Post Next Post

Paschimeli News

Buy paschimelinews.com Only @ NPR 5,000.

Send Me an Email.